प्रधानमन्त्री समक्ष प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीद्वारा शपथ
२७ श्रावण २०८२, सोमबार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
ललितपुर, च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक ओली शपथ गराउनुभएको हो ।
केही दिनअघि प्रतिष्ठानको सम्पन्न साधारणसभाले ज्ञवाली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।