अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने फुर्सद हामीलाई छैन : प्रधानमन्त्री
२६ माघ २०८१, सोमबार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद नभएकाे बताउनु भएकाे छ ।
गैह्रसरकारी संस्था महासङ्घको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलन कार्यक्रममा बाेल्दै उहाँले, हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेकाे बताउनुभयाे ।
राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमको प्रसङ्गब उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “एउटा जुलुस निकाल्नुप-यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ ।”