जुम्लामा सञ्चालित २ सय २१ वटा शैक्षिक पूर्वाधार निर्माण परियोजना स्थानीय तहलाई हस्तान्तरण

दक्ष खबर 15656+ समाचार ( )
तिलक उपाध्याय
१४ वैशाख २०८२, आइतबार

जुम्ला । जुम्लाका  तीन स्थानीयतहमा विगत २२ महिनादेखी सञ्चालित आधार परियोजनाले २ सय २१ वटा शैक्षिक पूर्वाधार निर्माण गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि भाैतिकपूर्वाधार निर्माणमा जोड दिदैँ आएकाे परियोजनाले हिमा गाउपालिका ,सिजा गाउपालिका, कनकासुन्दरी गाउँपालिकामा एक सय २१ वटा विभिन्न भाैतिकपूर्वाधार निर्माण गरेको हो ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा साझेदारी सहयाेग केन्द( पेस नेपाल) जुम्लाद्धारा संचालित आधार परियोजनाले भूकम्प प्रतिरोधी विद्यालय भवन,मैत्रीपूर्ण कक्षा कोठा,शौचालय,खानेपानी धारा तथा मर्यादित महिनावारीका लागि भाैतिक पूर्वाधार निर्माण गरेको हो । परियोजनाले निर्माण गरेका संरचना,आएको सुधारका विषय समेटीएको प्रतिवेदन सहित परियोजना तीनै पालिकालाई हस्तान्तरण गरिएको छ ।

आईतबार आयोजित सिकाई आदान प्रदान,सार्वजानिक सुनुवाई तथा परियोजना हस्तान्तरण कार्यक्रममा साझेदारी सहयाेग केन्द पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले परियोजनाको प्रगती विवरण प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा आधार परियोजनाले जुम्लाका तीन स्थानीयतहमा ७ करोड ९३ लाख ३७ हजार २३५ रुपैया लगानी गरेर सामुदायिक विद्यालयका दर्जनौ भाैतिकपूर्वाधार निर्माण गरेको उल्लेख छ ।

जसमा तीन पालिकाका ५ वटा विद्यालय भवन तथा २० वटा कक्षा कोठा,६ मैत्रीपूर्ण शौचालय र १८ वटा शौचालय कोठा,४२ वटा खानेपानीका धारा,२० वटा कक्षा कोठामा काठको सिलिङ,छाना मर्मत,प्लाष्टर,नाली निर्माण ६ वटा विद्यालयको ६५ मिटर पक्की घेराबार निर्माण,५ वटा शौचालयमा महिनावारी व्यवस्थापनका लागि उपकरण सहित सुविधा,१० वटा खानेपानी स्टील ट्यांकी लगायतका काम गरिएको छ ।१२१ वटा पूर्वाधार निर्माण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यकारी निर्देशक न्यौपानेका अनुसार क्षमता विकास,स्थानीयतहको नीति निर्माण,विद्यालय सुधार योजनामा सहयोग र कर्मचारी जनप्रतिनिधिको क्षमता विकासमा पनि लगानी भएको बताए । क्षामता विकास तर्फ परियोजना द्वारा ३ गाउपालिकाका १० वटा विद्यालयका १२८ शिक्षक,शिक्षिका ,३१ सय ६८ छात्र ,छात्रा, ५४ सय ९७ जना अभिभावक र १८० जना सामुदायिक कार्यकर्ता प्रत्यक्ष लाभान्वित भएका छन् । शैक्षिक भाैतिक,पूर्वाधार निर्माणमा परियोजनाको बजेट तीन वटा स्थानीयतहले करिब १३ लाख रुपैयाँ लगानी गरेका छन् ।

भने, आ.व २०८०१-८१ मा पेस नेपालले विभिन्न परियोजना संचालनमा ८ करोड ४४ लाख ६७ हजार ८ सय ३३ रुपैयाँ खर्च गरेको छ । साथै अहिलेको मुख्य चुनौतीको विषय जलवायू परिवतर्नबाट समुदायलाई अनुकुलित हुन सिकाउन पनि उल्लेखीय काम गरिरहेको छ ।


बढ्दो भूकम्पीय जोखिम तथा बालमैत्री कक्षा कोठाको नभएकोले विद्यार्थीको संख्या  घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । जसमा हिमा गाउपालिका को वडा नं. ७ स्थित महादेव आधारभूत विद्यालय र वडा नं. ३ जोगीबाडाको भैरव आधारभूत विद्यालय, सिंजा गाउपालिका को वडा नं. ६ जोडुस्थित माध्यमिक विद्यालय र कनकासुन्दरीको वडा नं. ४ लेकपोरको भैयलपाटा आधारभूत विद्यालय र वडा नं. ६ को गुरुचौर आधारभूत विद्यालय गरी पाँचवटा विद्यालयमा सुविधायुक्त भवन निर्माण गरिएको हो ।

मैत्रीपूर्ण शौचालय, हात धुने स्टेसन, शुद्ध खानेपानी सुविधा, आधुनिक कक्षाकोठा बालमैत्री, अपांगमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सहितको सुविधा सबै विद्यालयमा छन् ।परियोजनाको प्रगतीविवरण सहित जुम्लाका तीन पालिकालाई कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले हस्तान्तरण गरेका छन् । आधार परियोजनाले जुम्लाका तीन गाउपालिका उल्लेखनीय  रुपमा शैक्षिक भाैतिकपूर्वाधार गरेकामा धन्यबाद दिए । बनेका संरचनाको स्थायीत्व र संरक्षणमा ध्यान समेत अनुरोध गरे। 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले साझेदारी सहयोग केन्द्र  पेस नेपाल जुम्लाद्धारा संचालित आधार परियोजनाले अति जिण विद्यालय पहिचान गरी करोडौको भाैतिकपूर्वाधार बनाइदिएको र अब पालिकाले शैक्षिक भाैतिक पुर्वधार क्षेत्रमा काम गर्नुपर्ने बताए । कार्यक्रममा तीनै पालिकाका प्रमुख,शिक्षक,अभिभावक  तथा विव्यस समितिका पदाधिकारीहरुले आधार परियोजना मार्फत नमुना शैक्षिक भाैतिपूर्वाधार निर्माण गरेपछि पठनपाठनमा सहजता आएको  बताएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार