भि एस स्कुल एण्ड कलेज र काठमाडौँ विश्वविद्यालय बिच सहकार्य

दक्ष खबर 15660+ समाचार ( )
२६ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । भि एस स्कुल एण्ड कलेज र काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनबिच सहकार्य भएको छ । 

आज आयोजित एक समारोहका बिच विनायक सिद्ध कलेजका कोअडिनेटर विनय सिखंडा तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन डा. बालचन्द्र लुइटेलले एकापसमा पत्र हस्तान्तरण गर्दै सहकार्य  गर्नुभएको हो । 

विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिखंडाले, 'विश्वविद्यालय सँगको सहकार्यले स्कुल तथा कलेजको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।' 

उहाँले, 'विद्यार्थीको शैक्षिक उन्नयनमा कलेजले विभिन्न देशभित्र रहेका र विदेशी विश्वविद्यालय सँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।'

विनायक सिद्ध कलेजका कोअडिनेटर विनय सिखंडाले, 'कलेजले उत्पादन  गरेका विद्यार्थीका लागि महत्वपूर्ण उपलब्धि हासिँलका लागि सँगै शैक्षिक क्षेत्रका विभिन्न पाटोहरूमा सहयोग सहकार्य हुने बताउनुभयो ।' 

त्यस्तै, उहाँले शिक्षण सिकाईका गतिविधिहरूमा परिवर्तनकारी नवीनतम लक्ष्य हासिलका निमित्त पनि विश्वविद्यालय सँगैको सहकार्य अपरिहार्य रहेको सिखंडाले बताउनुभयो । 

सहकार्यमा विद्यार्थीको अध्ययन क्षमता अभिवृद्धि, शिक्षक तालिम, विद्यार्थीहरू बिचको सहकार्य, २१औँ शताब्दीको सीपमुलुक तालिम एवं सेवा आदानप्रदान हुने विश्वविद्यालयले जनाएको छ ।

भि एस स्कुल एण्ड कलेज चावहिल क्षेत्रमा रहेको गुणस्तरीय विद्यालय तथा कलेज हो । जहाँ कक्षा नर्सरीदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन हुदैँ आईरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार