ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजनको फेशन शोमा कलाकारहरू (तस्बिरसहित)

दक्ष खबर 15656+ समाचार ( )
३० मंसिर २०८१, आइतबार

काठमाडौँ । प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजनको फेशन शो सम्पन्न भएको छ । शनिबार साँझ काठमाडौँमा आयोजित समारोहबिच नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित कलाकारहरूको सहभागीतामा शो सम्पन्न भएको हो । 

विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन शोमा ८ जना डिजाइनले तयार पारेको पोशाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए । 

प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले, 'नेपालमा फेसन शोको वृद्धि विकासका र कलाकारको प्रस्तुतिलाई अगाडि बढाउन फेसन शो आयोजना गरिएको बताउनुभयो ।' 

उहाँले, "नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन शोले आगामी दिनमा इन्डट्रिलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुभयो । 

फेसन शोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरू प्रस्तुत भएका थिए । जसमा, अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरूना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ को विजेता सोफिया भुजेल, अभिनेता प्रदिप खड्का, -यापर साकार लगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार