सेराप ग्याल्जेन लामा र जोनिशा गुरुङकाे अभिनयमा ‘हाम्रो चुमभ्याली’को भिडियो सार्वजनिक

दक्ष खबर 15656+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार


काठमाडाैँ । गोरखाको पर्यटकीय क्षेत्र चुम उपत्यकालाई चिनाउने  ‘हाम्रो चुमभ्याली’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतकाे भिडियो मार्फत चुमभ्याली क्षेत्रकाे महत्वकाे बारेमा भिडियाे सार्वजनिक गरिएको हो । 

म्युजिक भिडियो अभियान समितिले निर्माण गरेको ‘हाम्रो चुमभ्याली’ को म्युजिक भिडियोमा छाङ चुम्पा लामाको शव्द, संगीतकार राजु थापाको संगीत र गायक राजु लामा र गायिका छिरिङ ल्हामो चुम्पाको स्वरमा रहेकाे छ । 

सेराप ग्याल्जेन लामा र जोनिशा गुरुङकाे अभिनय रहेकाे उक्त भिडियाेकाे परिकल्पनाकारका  रूपमा  छाङ चुम्बा लामाले रहनु भएकाे छ । गीतमा लबसन गुरुङको निर्देशन रहेकाे छ भने, अमृतमान गुरुङको कोरियोग्राफी रहेको छ । 

चुम उपत्यकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको सो म्युजिक भिडियोका लागि चुमनुब्री गाउँपालिकाको मुख्य सहयोग र पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार