दुर्गालाललाई ५५ हजार नगदसहित 'बुढानीलकण्ठ आजीवन साधना सम्मान'

दक्ष खबर 15665+ समाचार ( )
१३ माघ २०८०, आइतबार


काठमाडौँ । कविता र गीत विधामा उत्तिकै लोकप्रिय जनकवि दुर्गालाल श्रेष्ठ 'बुढानीलकण्ठ आजीवन साधना सम्मान- २०८०बाट सम्मानित भएका छन्। सम्मानस्वरुप उनलाई ५५ हजार ५ सय ५५ नगद राशि प्रदान गरियो।

बुढानीलकण्ठ नगरपालिका आयोजक रहेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिहरुको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो। उनला आजीवन नेपाली र नेपालभाषा साहित्यका लागि गरेका योगदान सम्झँदै सम्मान गरिएको व्योहोरा युवा कवि प्रज्ववल अधिकारीले पढेर सुनाएका थिए। 

१९९२ सालमा काठमाडौंमा जन्मिएका ८८ वर्षीय कवि दुर्गालालले आफ्नो स्वास्थ्य अवस्थाका कारण पुरस्कार पाएपछि को धन्यवाद मन्तव्य अडियोमा अभिव्यक्त गरे। अडियोमा भावुक हुँदै बोलेका थिए, 'आफ्नै टोलको यो माया सँगाल्न पाउँदा जीवनमा सबैभन्दा बहुमूल्य वस्तुको उपभोग म गर्दैछु कि मलाई लाग्छ।'

जनकवि तथा जगदम्बाश्रीजस्ता पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका कवि दुर्गालाल पछिल्लो पुस्तामाझ आनी छोइंग डोल्माले न्यूह् बज्राचार्यको संगीतमा गाएको 'फूलको आँखामा फूलै संसार'का गीतकारका रूपमा बढी चर्चित छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार