उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा माउन्ट ग्लोरी स्कुल प्रथम, मनास्लु वल्ड स्कुल द्वितीय

दक्ष खबर 15660+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौँ  जिल्लाको आयोजनामा आयोजित उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा माउन्ट ग्लोरी स्कुल प्रथम भएको छ ।

पाचौँ संस्करणको उपत्यकाव्यापि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ७५ वटा विद्यालयहरूको सहभागीता रहेको र जसमध्ये काठमाडौँको टोखामा रहेको ग्लोरी स्कुल प्रथम तथा चुच्चेपाटीमा रहेको मनास्लु वल्ड स्कुल द्वितीय तथा विपुल शिक्षा सदनले तृतीय स्थान हात परेको प्याब्सन काठमाडौँ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।


सोमबार भएको प्रतियोगितामा माउण्ट ग्लोरी स्कुल प्रथम, मनास्लु वल्ड स्कुल द्धितीय, विपुल शिक्षा सदन तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगि विद्यालयले क्रमशः २५ हजार २० हजार र १५ हजारका दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको हो भने उत्कृष्ट दश स्थान प्राप्त गर्ने प्रतियोगिले ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेको हुन् । 

कार्यक्रमको सभापतित्व नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष खड्ग बहादुर बस्नेतले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत रहनु भएको थियो ।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डेव हमाल, सह अध्यक्ष सुवास हमाल लगायत प्रदेश तथा जिल्लाबाट उल्लेख्य व्यक्तिहरूको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको संयोजन टंक थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार