नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग पार्किंग शुल्क नलिन नगरप्रमुखको निर्देशन

दक्ष खबर 15656+ समाचार ( )
२२ मंसिर २०८०, आइतबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालले नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीसँग लिई रहेको पार्किंग शुल्क नलिन निर्देशन पत्र पठाउनु भएकाे छ । गोकर्णेश्वर नगरवासीहरुको गुनासो र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्ग शुल्क रहित बनाउनका लागि सो पत्र पठाइएको नगरप्रमुखले बताउनुभयो ।

नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई अस्पताल परिसर भित्र सवारीसाधन पार्किङ्ग गर्दा पार्किङ्ग शुल्क लिइएकोमा गोकर्णेश्वर नगरवासी एवं आम सेवाग्राहीहरुले गुनासो व्यक्त गरेकाले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पार्किङ्गलाई शुल्क रहित बनाई अस्पतालको सेवा सुलभ गर्न तत्काल निःशुल्क पार्किङ्गको व्यवस्था मिलाइदिन पत्रमा अनुरोध गरिएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक प्रो.डा. जैनुद्दिन अन्सारीले पार्किङ्ग निःशुल्क गर्ने सम्बन्धमा कलेज सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार