पाकिस्तानमा भारतको ड्रोन हमलामा १ जनाको मृत्यु, ५ जना घाइते

दक्ष खबर 15668+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडाैँ । बिहीवार बिहानदेखि पाकिस्तानका धेरै स्थानहरूलाई लक्षित गरी भारतले गरेको श्रृंखलावद्ध ड्रोन हमलामा एक जना नागरिकको मृत्यु भएको छ ।

चार जना सैन्य कर्मचारीसहित पाँच जना घाइते भएको पाकिस्तानी सेनाले बिहीवार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेशन्सले एक विज्ञप्तिमा भनेको छ कि तनाव शुरु भएदेखि इलेक्ट्रोनिक काउन्टरमेजर र काइनेटिक फायरको संयोजन प्रयोग गरेर २५ वटा हारोप ड्रोनहरू खसालिएको छ ।

यसअघि मिडिया ब्रीफिंगमा आइएसपिआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पूर्वी पञ्जाव प्रान्तको राजधानी लाहोर नजिकैको सैन्य प्रतिष्ठानमा एउटा ड्रोनले आंशिक रूपमा प्रहार गरेको बताउनुभएको थियो ।

जसमा चार जना कर्मचारी घाइते भएका थिए र उपकरणमा सामान्य क्षति पुगेको थियो । एउटा छुट्टै घटनामा सिन्ध प्रान्तको मियानो क्षेत्रमा एक जना नागरिकको मृत्यु भएको छ र अर्का एक जना घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार