क्राइम जनरामा आधारित लेखक प्रशान्त शर्माको 'ईरा' सार्वजनिक हुदैँ

दक्ष खबर 15672+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

काठमाडौँ । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास 'ईरा' सार्वजनिक हुने भएको छ । क्राइम जनरामा आधारित शर्माको दोस्रो उपन्यास 'ईरा' आगामी शनिबार सार्वजनिक हुने भएको हो  । शर्माले विगत २ वर्षपछि दोस्रो उपन्यास सार्वजनिक गर्न लाग्नुभएको हो ।

फरक विषयवस्तुमा फरक हिसाबले कलम चलाएकाले र नेपालमा क्राइम जनरामा कमै पुस्तक सार्वजनिक भएकाले आफुले यो दस्साहस गरेको लेखक शर्माले बताउनुभयो । उहाँले, उपन्यासमा फरक विषयवस्तु समावेश गरिएकाले केही सहज तथा मनमा डर भएको पनि बताउनुभयाे ।

कार्यक्रममा पुस्तक विमोचकका रूपमा अच्युत घिमिरे बुलबुल, लेखक विवेक ओझा, समाजशास्त्री डा. शोभा ढुंगाना र अभिनेत्री लक्ष्मी बर्देवा रहनु हुनेछ ।

पुस्तकको कभर डिजाइन रसिक राजले गर्नुभएको हो भने, पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले पुर्याउने छ । पुस्तक प्रकाशन कफि यात्रा प्रडक्सनले गरेको हो । पुस्तकको मुल्य ४५० रहेको छ । शर्माको पहिलो उपन्यास 'रूखहरूको मृत्यु' बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार