काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ का घरहरूको बाहिरी मोहडा परम्परागत शैलिमा पुनः निर्माण हुने भएको छ ।
जयवागेश्वरी नवालीटोलमा रहेको सेतो ढोकादेखि जयावागेश्वरीसम्मका घरहरूका पहिलो चरणमा मोहोडा परम्परागत शैलीमा पुनः निर्माणका लागि नाप जाचँ गरिएको हो ।
दोस्रो चरणमा जयवागेश्वरीदेखी पशुपतिनाथको गेट हुदैँ भुवनेश्वरीबाट पुन:जयवागेश्वरीसम्मको घरहरूको पुनःनिर्माणको काम हुने उहाँले बताउनुभयो ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले, ' केही दिनमै घरहरूको सर्वेक्षण जारि रहेको बताउनुभयो।'
यस्तै, 'उहाँले इष्टमेट र डिजाईनको काम पहिलो चरणमा हुने बताउँदै पुनःनिर्माणको खर्च सकेसम्म सबै महानगरले नै व्यहोर्ने बताउनुभयो ।'
त्यस्तै, जयवागेश्वरी नवालीटोलमा रहेको सेतो ढोकादेखि जयावागेश्वरीसम्मका घरहरूका रङ्ग नभएर अगाडि भाग एकैखाले रूपमा परम्परागत शैलिमा पुनःनिर्माण गर्न लागिएको बताउनुभयो ।
उहाँले ड्रइङ, डिजाइन र इस्टमेटका कामहरू अगाडि बढिरहेको उहाँले बताउनुभयो । उहाँले हाललाई जात्रा पर्व सञ्चालन हुने मार्गहरू अहिले काम अगाडि बढिरहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका वडा ८ ले विभिन्न पाटीपौवा, कुवाँ, इनार लगायतका विभिन्न ठाउँमा उत्खनन तथा पुनःनिर्माणको काम अगाडि बढिरहेको छ ।