काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्दै, नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न आग्रह गर्नुभएको हो ।
उहाँले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिकामा रहन आफुहरू तयार रहेको बताउनुभएको छ ।
उहाँले के काँग्रेसले `फलाना´ लाई प्रधानमन्त्री `अफर´ गरेको हो ? लेख्दै, कांग्रेसले कसैलाई पनि यस्तो प्रस्ताव नगरेको बताउनुभयो हो ।