काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा ५ मा रहेको वाँसुकीनगर टोलमा गोकर्णेश्वर नगरपालिका र वडाको आर्थिक सहयोगमा पिस नेपालबाट वाँसुकीनगर टोल भित्र सम्म लगभग २०० घर धुरीलाई खानेपानी सेवा विस्तार गरेको छ ।
गोकर्णेश्वर नगरपालिका र वडाको आर्थिक सहयोगमा पिस नेपालबाट वाँसुकीनगर टोल भित्र सम्म लगभग २०० घर धुरीलाई खानेपानी, बाटोमा ढल र ढलान गरि जम्मा रू ६३ लाखको लागतमा निर्माण कार्य सम्पन्न भई सेवा विस्तार गरेको हो ।
कार्यक्रममा स्वागत मन्तव्य वडा ५ का वडासदस्य कमला नेपालीले राख्नुभएको थियो । कार्यक्रममा बोल्दै गोकर्णेश्ववर नगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले, 'विगत लामो समयदेखि समस्याका रूपमा रहेको खानेपानी सेवा विस्तार गरेर समस्याको समाधान तर्फ आफुहरू अगाडि बढेको बताउनुभयो । '
वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले, 'विगत लामो समयदेखि समस्याका रूपमा रहेको खानेपानी सेवा विस्तार गरेर समस्याको समाधान तर्फ आफुहरू अगाडि बढेको बताउनुभयो । '
त्यस्तै, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले, 'घरघरमा पानिको धारा पुर्याउने अभियानका साथै यो कार्यक्रम अगाडि पुर्याइएको बताउनुभयो ।' उहाँले हाल खानेपानी समस्या भएको ठाउँमा स्रोत जुटाएर खानेपानी उपलब्ध गराउने बताउनुभयो ।
त्यस्तै, प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले, 'मुलुकको समस्यालाई तिनवटै तहको सरकार मिलेर गर्नु पर्ने्ने बताउनुभयो । ' उहाँले, अहिले पनि पानीको समस्या नै छ यसको समााधानमा हामीहरू प्रयासरत छौँ ।
कार्यक्रममा सभापतिका रूपमा टोलसुधार समितिका अध्यक्ष गिरिराज ओझा रहनु भएको थियो भने, उक्त निर्माणकार्यको समुद्घाटन प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे, प्रदेश सांसद छिरिङ दोर्जे लामा, नगर प्रमुख दिपक रिसाल, नगरप्रवक्ता नारायण बहादुर सुवेदी लगायत वडा सदस्यहरूहरूको समुपस्थितिमा उद्घाटन गरिएको हो ।