नेपाली कांग्रेस पार्टीमा युवा पुस्तालाई अगाडि बढाउँन सकिएन : प्रदीप पौडेल

दक्ष खबर 15656+ समाचार ( )
२२ वैशाख २०८१, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद प्रदीप पौडेलले नेपाली राजनितीमा विद्यार्थी संगठनको ‍‍भुमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

बालाजुमा आज आयोजित बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने नेविसंघका केन्द्रीय सदस्य, जिल्ला कार्य समिति ईकाइ सभापति, स्ववियु सभापति एवं नेतृत्वदायी रहेकाहरू सँग अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस पाटीमा युवा पुस्तालाई अगाडि बढाउन नसकिएको बताउनुभयो । 

उहाँले, नागरिकले पेशागत सुरक्षा र आफ्नो हक अधिकारलाई सहि रूपमा सदुपयोग गर्न पाउनुपर्ने समेत बताउदैँ उहाँले समाज परिवर्तन गर्ने उमेर भनेको ३० वर्ष रहेको बताउनुभयो ।

उहाँले, जनताको हक अधिकार विरूद्ध कसैसँग सम्झौता नगरिने पौडेलले बताउनुभयो । त्यस्तै, "मान्छे मारेर क्रान्ति हुदैन, सात पार्टिको एकता गराएको । लोकतन्त्र मान्छौँ ‍भने माओवादीलाई सहि राजनितीमा ल्याउने काम नेपाली कांग्रेसले गरेको पौडेलले बताउनुभयो ।"

बहुदलीय व्यवस्था ल्याउन कांग्रेसको भुमिका महत्त्वपूर्ण रहेको सांसद पौडेलले बताउनुभयो । शासन ब्यक्तिको होइन जनताको हुनुपर्ने पौडेलले बताउनुभयो । 

नेपाली कांग्रेस पार्टीलाई एमाले, माओवादी, रास्वपा कुनै पनि पार्टी हुने छुट नरहने बताउनुभयो । नेपालीहरूको सबैभन्दा धेरै भरोसा कोही माथि छ भने त्यो नेपाली कांग्रेसमाथि रहेको उहाँले बताउनुभयो  । नेपाली कांग्रेसका सदस्यहरूले केन्द्रीय सभापति, महामन्त्री  चुन्ने अवसर पाउनु पर्ने उहाँले बताउनुभयो ।  


 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार