काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ वडा कार्यालयद्वारा तयार पारिएको वडाको वस्तु स्थिति विवरण (भिलेज प्रोफाइल) एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसाल, विशेष अतिथि नगर उपप्रमुख सन्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, तथा वडा सदस्य केशव प्रसाद सिंखडा, श्रीकृष्ण तामाङ, अञ्जली तामाङ, सीता दर्नाल लगायतका जनप्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष द्वारिका श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव कुमार जित राईले गर्नुभएको थियो।
भिलेज प्रोफाइलमा वडाको भूगोल, जनसंख्या, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पूर्वाधार, सांस्कृतिक सम्पदा, सामाजिक संस्थाहरू लगायतका विविध पक्षहरूको तथ्यांकसहितको विश्लेषण समावेश गरिएको छ।