फोलिड्रम बन्यो लुम्बिनी लायन्सको ‘कन्फिडेन्स पार्टनर’

दक्ष खबर 15665+ समाचार ( )
१६ मंसिर २०८१, आइतबार
काठमाडौँ । कपाल तथा छालाको हेरचाहमा आफ्नो पहिचान बनाएको कम्पनी फोलिड्रम लुम्बिनी लायन्ससँग ‘कन्फिडेन्स पार्टनर’का रूपमा जोडिएको छ ।

मङ्सिर १५ गते शनिवारबाट सुरु भएकाे नेपाल प्रिमियर लिगका ६ मध्येको एक बलियो टिमसँग फोलिड्रमले सहकार्य गरेको हो । फोलिड्रम र लुम्बिनी लायन्सबीच शनिबारर बालुवाटारस्थित फोलिड्रमकै कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर कार्यक्रममा फोलिड्रमका सीईओ प्रभात अग्रवाल र लुम्बिनी लायन्सका स्वामित्वकर्तामध्येका एक करण बस्नेतको उपस्थिति थियो । 

यो सहकार्यले व्यक्तिलाई प्रोत्साहन गर्नुका साथै आत्मविश्वास बढाउने लक्ष्य राखिएको छ, जुन लुम्बिनी लायन्सको टिम स्प्रिटसँग पनि मेल खान्छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै फोलिड्रमका सीईओ अग्रवालले भने, ‘हामी कन्फिडेन्स पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ । फोलिड्रमले सबैलाई उनीहरूको उत्कृष्टतामा पुग्नमा सहयोग र सहकार्य गर्ने कुरामा विश्वास गर्छ र यो सहकार्यले पनि हामी दुवै पक्षको उत्कृष्टता सिर्जना गर्छ भन्नेमा म विश्वस्त छु । क्रिकेटको खेलले देश र जनतालाई नै निकट ल्याउँछ भन्नेमा विश्वास गरौँ ।

त्यस्तो, लुम्बिनी लायन्सका स्वामित्वकर्ता बस्नेतले पनि सहकार्यप्रति उत्साहित रहेको बताए । उनले भने, ‘फोलिड्रमसँगको यो सहकार्यले हामीमा आत्मविश्वासलाई सङ्केत गर्नेछ र हाम्रा खेलाडीहरूमा हरेक खेलमा ऊर्जा थप्नेछ । हाम्रो साथमा फोलिड्रमलाई पाउँदा निकै उत्साहित छौँ ।’ यो सहकार्यमार्फत दुवै पक्षले फरक फरक किसिमका योजनाहरू पनि रहेको बताएका छन्, जसमा क्रिकेट फ्यानलाई संलग्न गराउनेदेखि विभिन्न अभियानहरू पनि हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार