नागरिकता वितरणसम्बन्धीका कानूनी जटिलतालाई प्रश्तावित विधेयकले हल गर्छः सांसदहरु

दक्ष खबर 15656+ समाचार ( )
४ माघ २०८१, आइतबार

काठमाडौँ I नागरिकतासम्बन्धी संशोधन विधेयकले नागरिकताको सम्बन्धमा देखिएका कानूनी समस्या र जटिलताहरुलाई समाधान गर्नेगरी आएको सांसदहरुले बताएका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागि हुँदै उनीहरुले यस्तो बताएका हुन् । विधेयकले कानूनको रुप लिएपछि बुवा र आमाको पहचिान नभएको तथा बुवाको पहचिान नभएको नागरिकलाई नागरिकता दिने बाटो खुल्ने उनीहरुको भनाइ छ । समयसँगै आएका समस्याहरुलाई कानून संशोधनको माध्यमबाट हल गर्न सकिने भएकोले नागरिकता विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित गर्नुपर्ने उनीहरुको धारण छ । छलपलमा भाग लिँदै नेकपा ९एमाले० का सांसद योगेश भट्टराईले सर्वोच्चले गरेका फैसलाहरुको कार्यान्वयन गर्नको लागि नागरिकता विधेयक असाध्यै सान्दर्भिक र उचित रहेको बताउनु भयो । उहाँले विधेयकले विगतमा विदेशमा जाँदा जन्म भएका बच्चाहरुको अवस्था, आमाबाबुको ठेगान नभएका बच्चाहरुको अवस्थाको समस्यालाई समाधान गर्नुपर्ने आवश्यकतालाई पूरा गर्ने बताउनु भयो । 

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नागरिकताको सन्दर्भमा देखिएका समस्या र जटिलताहरुलाई यस विधेयकले समाधान गरेको बताउनु भयो । उहाँले उहाँले बुवा नभएको कारण नागरिकता नपाएका र नागरिकता पाउन योग्य नागरिकलाई नागरिता दिलाउन महत्वपूर्ण भुमिका यस विधेयकले खेल्ने बताउनु भयो । उहाँले विधेयकलाई छिटो पास गर्न समेत आग्रह गर्नुभयो । 

छलफलमा सहभागि हुँदै जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले नागरिकता विधेयकले रङ र भेदको आधारमा विभेद गर्न नहुने बताउनु भयो । उहाँले नागरिकता सम्बन्धमा बनेका कानूनहरुको कार्यान्वयन नसकेको बताउनु भयो । नागरिकतासम्बन्धी ऐन कार्यान्वयन गर्न नसक्दा आमाको नामबाट नागरिकता पाउने विषय कार्यान्वयनमा जान नसकेको उहाँको भनाइ छ । उहाँले कानून कार्यान्वयनको पक्षमा जोड दिन गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भयो । 

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद विराजभक्त श्रेष्ठले नागरिकता कागजी प्रमाण मात्र नभई व्यक्तिको महत्वपूर्ण अधिकार समेत भएको बताउनु भयो । नागरिकताले व्यक्तिको पहचिान समेत दिने भएकोले यसको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उहाँले नागरिकतासम्बन्धी कानूनी जटिलताले विगतमा हजारौं नेपाली नागरिकले नागरिकता लिनबाट वञ्चित भएको तथ्य बिर्सन नहुने बताउनु भयो । विधेयकमा थप आवश्यक छलफल गरी अझै सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।


छलफलमा सहभागि हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपालमा व्यवस्था परिवर्तन भएसँगै नागरिकता बाढ्ने सौदाबाजी चल्ने गरेको बताउनु भयो । उहाँले नागरिकता दिने सवालमा सौदाबाजी नगर्न समेत सरकारसँग आग्रह गर्नुभयो । 

बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारको तर्फबाट नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकमाथि छलफल गरियोस् भनि प्रश्ताव राख्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार