काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले नेपाल वेद विद्याश्रमका विद्यार्थीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
विद्यालयका प्रधानाध्यापक केशव प्रसाद अधिकारीलाई वडाअध्यक्ष आशामान संगतले खेलकुदका विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
खेलकुद सामग्री वितरण गर्दै वडाअध्यक्ष आशामान संगतले, "विद्यार्थीहरूलाई शिक्षा सँगसँगै खेलकुद क्षेत्रमा पनि निरन्तर रूपमा अगाडि बढाउने हेतुले खेलकुदका सामग्रीहरू वितरण गरिएको बताउनुभयो ।"
उहाँले, ऐतिहासिक महत्त्व बोकेको यस विद्यालयका विद्यार्थीहरू धर्म संस्कृतिको उन्नयन सँगसँगै प्रबर्द्धनमा अग्रसर रहेकोले अब खेलकुदका क्षेत्रमा पनि उत्तिकै अगाडि पुग्ने विश्वास आफुले लिएको बताउनुभयो ।
उहाँले खेलकुद सामग्री अन्तरगत फुटबल, भलिबल, क्रिकेटका सामग्री, क्यारिम बोर्ड, चेस, बुट, ग्बस लगायतका सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
खेलकुद सामग्री हस्तान्तरण सँगसँगै विद्यालयका प्रधानाध्यापक केशव प्रसाद अधिकारीले विद्यार्थी मर्म अनुरूप वडाले खेलकुद सामग्री हस्तान्तरण गरेकोमा अध्यक्ष ब्यक्ति गर्नुभयो ।
उहाँले ऐतिहासिकतालाई जोगाइ राख्न विद्यालयको संरक्षणमा पनि वडाले महत्त्वपूर्ण भुमिका खेलिरहेको बताउनुभयो ।