काठमाडौँ। प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरूमा रूपन्देही देबदह–९ का ४७ वर्षीय प्रेम थापामगर, झापा गौरादह–१ गौरादहका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षीय सुरेश गौतम, खताप्लेजुङ फुलुङ–३ का २३ वर्षीय सुशील बराल, नुवाकोट बेलकोटगढी–७ का २७ वर्षीय रमेश राई, अछाम पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही तथा सङखुवासभा पाचँखपन–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।