जयवागेश्वरी मन्दिर परिसरमा ग्वल: अर्केष्ट्रा २०८० आयोजना हुदैँ

दक्ष खबर 15660+ समाचार ( )
२ माघ २०८०, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका तथा ग्वल: बाजँ खल:को  संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका वडा ८ अन्तरगत रहेको जयवागेश्वरी मन्दिर परिसरमा ग्वल: अर्केष्ट्रा २०८० आयोजना हुने भएको छ । 

काठमाडौँ महानगरपालिका तथा विभिन्न बाजागाजा संरक्षणमा कटिवद्ध रहेका विभिन्न चौधबाट क्लबहरूको सहभागीता तथा सहकार्यमा ग्वल: अर्केष्ट्रा २०८० आयोजना गरिएको हो ।

त्यस्तै, अर्केष्ट्रा २०८० फागुन ५ गते  शनिबार दिउँसो ३ बजे आयोजना गरिएको कार्यक्रम संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का आशामान संगतले  जानकारी दिनुभयो ।
 
विभिन्न ग्वल क्षेत्र लगायतका स्थानीय क्लब, संघसंस्था, बाजा खल:, पुच: तथा टोलहरू कार्यक्रमा सहभागी रहने र युवापुस्ता केन्द्रीत बाजागाजाको संरक्षणार्थ ग्वल: क्षेत्रको पहिचानका लागि ग्वल: अर्केष्ट्रा आयोजना गरिएको संयोजक संगलले बताउनुभयो । 
अर्केष्ट्रामा १५० भन्दा  बढि कलाकारहरूको सहभागीता रहेको छ । अर्केष्ट्रामा एउटै मञ्चबाट विभिन्न बाजाहरू मार्फत विभिन्न  धुनहरू प्रस्तुत गर्न लागिएको हो । 

त्यस्तै, अर्केष्ट्राका लागि स्थानीय क्लबका प्रतिनिधिहरूले करिब एक महिनादेखि तयारी शुरूवात गरेका थिए । विभिन्न संयोजक तोकेर संयोजकहरूको नेतृत्वमा अर्केष्ट्राकाे व्यवस्थापन अन्तिम चरणमा रहेको छ । 

काठमाडौँ महानगरपालिकाले बाजागाजा तथा संस्कृतिको संरक्षणार्थ तथा मौलिकपन दर्शाउनका लागि अथक प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएकोक वडा अध्यक्ष एवं कार्यक्रम संयोजक आशामान संगतले बताउनुभयो । 

विभिन्न नेवारी पहिचान, बस्ती, आफ्नै कला, संस्कृति, बाजागाजा, मौलिकपन, परम्परागत धुन, धार्मिक स्थल मठमन्दिरको संरक्षणका लागि ग्वल: क्षेत्रमा रहेका नौवटा पौखरी, नौवटा ढुङ्गेधारा, नौवटा जात, नौवटा इनार, नौवटा ढोका, नौवटा टोल, नौवटा शक्तिपिठ, नौवटा पाटिपौवा तथा नौवटा डवलीको संरक्षणका लागि अर्केष्ट्रा आयोजना गरिएको हो । अर्केष्ट्रा मार्फत यी क्षेत्रको पहिचानलाई विश्वमाझ झल्काउने प्रयत्न गरिएको संगतले बताउनुभयो । 

कार्यक्रममा करिब एक हजार व्यक्तिको सहभागीता रहने अनुमान गरिएको छ । त्यस्तै, कार्यक्रममा प्रशिक्षकका रूपमा शिव कुमार संगत एवं बाजा गुरू राजेश संगत रहनु भएको छ भने, सहायक प्रशिक्षकहरू मार्फत कलाकारहरू तयार गरिएको छ । अर्केष्ट्रा मार्फत विभिन्न संस्कृतिलाई विश्वमाझ झल्काउने मुख्य उद्देश्य रहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार