नवौं संस्करणको 'नेपाल हाइजर एजुकेसन फियर २०२३' आयोजना

दक्ष खबर 15665+ समाचार ( )
'स्वदेशमै शिक्षा सबैको इच्छा'
७ भाद्र २०८०, बिहीबार

 काठमाडौँ । नवौं संस्करणको 'नेपाल हाइजर एजुकेसन फियर २०२३' आयोजना हुने भएको छ । काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण ब्यांकुटमा 'नेपाल हाइजर एजुकेसन फियर २०२३'  भदौ ८ र ९ गते हुन लागेको हो । 

विगत ८ वर्षदेखि आयोजना हुँदै आएको शैक्षिक मेला 'स्वदेशमै शिक्षा सबैको इच्छा' नारासहित नवौं संस्करणको नेपाल हाइजर एजुकेसन फियर २०२३' आयोजना गरिएको हो । 

मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिमान्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी क्याम्पसको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । 

मेलामा नेपाली विश्वविद्यालयमा पढाई हुने र विश्व बजारमा माग भइरहेका विभिन्न विषयहरू बीबीए, एमबीए, एमएचएम बिआईटी, बिआईएम, बिएचएम, बिएचसिएम, बिटिटिएम, बिबिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी सिएसआईटी, बिडेभ्स लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइने छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार