इलाम- २ को मतगणना ११ बजेदेखि हुने

दक्ष खबर 15660+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

इलाम । इलाम- २ मा मतगणना ११ बजेपछि मात्र हुने भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु हुने छ  ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।  यस क्षेत्रका विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार