पशुपति वेद वृद्धाश्रमका बटुकहरूको श्रावण स्नानगरी व्रत सुरु (तस्विरसहित)

दक्ष खबर 15657+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

काठमाडौँ । पशुपतिको वेद वृद्धाश्रममा रहेका बटुकहरूले श्रावण स्नान गरेर व्रत सुरु गरेका छन् । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनै पूर्णिमाका लागि बटुकहरूले स्नान गरेर व्रत सुरु गरेका हुन् । 

आजकै दिन तागाधारीले आफ्नो यज्ञोपवीत फेर्ने रक्षा बन्धन बाँधने र सो यज्ञोपवीत  र रक्षा बन्धन एक वर्षसम्म राख्नुपर्ने परम्परासमेत रहेको वृद्धाश्रममा चिरञ्जीवि भट्टराईले जानकारी दिए । त्यस्तै उनले आज श्रावण स्नानहरु पूरा गरेको बताउँदै अब गायत्री जपको लागि अगाडि बढ्ने जानकारी दिए । 


उनले  भने,‘हामीले श्रावण स्नानहरु पूरा गर्यौं । अब श्रावण स्नान पूरा गरेपछि गायत्री जपको लागि अगाडि बढ्छौं । श्रावण स्नान भनेको वैदिक कर्ममा विशेष गरेर यज्ञोपवीत संकार भइसकेकाहरुले हरेक वर्षमा आउने श्रावणमा गरिने स्नानलाई श्रावण स्नान भनिन्छ । यसको अर्को नाम उपाकर्म पनि हो  । यो नवनिर्मित यज्ञोपवीतलाई वैदिक रुद्राभिषेक पद्धतिद्धारा मन्त्र गरेर त्यही यज्ञोपवीत एक वर्षसम्म हरेक महिनाको पूर्णिमामा यज्ञपवित परिवर्तन गर्ने रक्षा बन्धन बाँध्‌ने र त्यही यज्ञोपवीत र रक्षा बन्धन एक वर्षसम्म प्रयोग गर्नुपर्छ भन्ने मान्यता छ ।’ 

यसका लागि अघिल्लो दिनदेखि केशमुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्नुपर्ने पनि उनले जानकारी दिए । व्रत बसेका तागाधारीले आज बिहानै ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार