वास्तविक कथामा आधारित चलचित्र '१२औँ फेल'ले कसरी कमायो चर्चा ? 

दक्ष खबर 15665+ समाचार ( )
चलचित्रमा प्रेम, साहस, एकता र विश्वासको कथा समावेश रहेको छ ।
२४ मंसिर २०८०, मङ्गलबार

काठमाडौँ । चलचित्र '१२औँ फेल'को यतिबेला चौतर्फी रूपमा चर्चा भईरहेको छ । चलचित्रका पात्रदेखि चलचित्रको कथावस्तुलाई समेत दर्शकले रूचाइरहेका छन् । अभिनेता विक्रान्त मेसीको फिल्म १२औँ फेल हालसालै रिलिज भएको चलचित्र हो । जसलाई लाखौं दर्शकहरुले मनपराएका छन् । 

चलचित्रमा प्रेम, साहस, एकता र विश्वासको कथा समावेश रहेको छ । स्कुल पढ्दादेखि नै फेल हुँदै आएको एक व्यक्तिले जीवनमा हात पारेको सफलतालाई कथावस्तु केन्द्रीत  फिल्म बनाइएको छ  ।चलचित्रमा मनोज कुमार शर्मा र सद्धा जोशीलाई मुख्यपात्रका रूपमा प्रस्तुत गरिएको छ । यसमा उनको वास्तविक जीवन कथा समावेश गरिएको छ । आईपीएस मनोज कुमार शर्मा र उनकी श्रीमती श्रद्धा जोशीको प्रेम कहानीबारे चलचित्रमा बताइएको छ । 

फिल्मको कमाई कस्ताे छ ?

फिल्म ‘१२औँ फेल’ को टिजर १० अगस्ट २०२३ मा र ट्रेलर ३ अक्टोबर २०२३ मा रिलिज भएको थियो । फिल्म २७ अक्टोबर २०२३ मा सिनेमाघरमा रिलिज भएको हो । त्यही समयमा सलमान खानको ‘टाइगर ३’ फिल्म हलमा प्रवेश गरेको थियो । तर, सुस्त गतिमा बढ्दै गएपछि ‘१२औँ फेल' ले चर्चा कमाएको हो । २० करोडमा बनेको चलचित्रले हाल ५० करोड माथि कमाइसकेको छ ।

हिन्दीमा चर्चा कमाएपछि, निर्माताहरूले फिल्मलाई तमिल र तेलुगु भाषाहरूमा समेत डब गरेर ३ नोभेम्बर २०२३ मा सार्वजनिक गरेका थिए । फिल्मको छायांकन मुखर्जी नगर, दिल्लीमा गरिएको हो । फिल्ममा विक्रान्त मेसीको अभिनय प्रशंसनीय छ । विक्रान्त मेसीले अहिलेसम्म धेरै फिल्ममा काम गरिसकेका छन् । उनले सहायक पात्रबाट सुरु गरे चलचित्र यात्रामा उनि मुख्य भुमिकामा पुगिसरकेका छन् ।  

‘१२औँ फेल’ अघि उनले ‘हसीन दिलरुबा’, ‘ग्यास लाइट’, ‘फरेन्सिक’, ‘लभ होस्टल’, ‘छपाक’, ‘गिन्नी वेड्स सन्नी’, ‘१४ फेरे’मा काम गरिसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार