दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरु परिचालन गरिएको छ : सन्तेष परियार

दक्ष खबर 15665+ समाचार ( )
२८ पौष २०८१, सोमबार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तेष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरु परिचालन गरिएको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यले संविधान विपरित हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिरहेको बताउनु भयो । उहाँले दलितमाथि भइरहेको अत्याचार र दमन अन्त्य गर्नको लागि आवश्यक कानून बनाउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।

उहाँले व्यववस्था परिवर्तन गरेर संविधान निर्माण भइसक्दा समेत दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेकै कारण मारिनु परेको बताउनु भयो । उहाँले दलित समुदायमाथिको निरन्तरको दमन र अन्यायका सम्बन्धमा सभामुखमार्फत सरकारको जवाफ माग गर्नुभयो । 

उहाँले भन्नुभयो,‘विगत पैँतिस सय वर्षदेखि दलितहरुलाई मान्छे हुन नदिएको र गैरदलितहरुलाई चेतनशील मान्छे हुन नदिएको जात व्यवस्थाको कुरा राख्दैछु सभामुख महोदय । यो सदनमा सबै सम्मानित नेताहरु हुनुहुन्छ । माक्सवादी आन्दोलनबाट खारिएर आएका नेताहरु हुनुहुन्छ । तर यो राज्य संविधान मान्दैन । दलित समुदायलाई हरेक वर्ष घातक बनाउँछ विछिप्त बनाउँछ । राज्यले अन्याय गर्छ सभामुख महोदय । राजनीतिक पार्टीहरुसँग त हाम्रो विश्वास टुटिसक्यो । दलितमाथि हरेक वर्ष भइरहेको अन्याय र हत्याको विरुद्ध कानून बनाएर ठोस कदम चाल्न म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हामीेले व्यवस्था परिपर्वतन ग¥यौं, संविधान बनायौं तर आज दलित समुदायका नागरिकले गैरदलितसँग विवाह गरेका कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलितहरु घरबास उठिवास लाग्नुपर्ने अनि राज्यका संयन्त्र र संस्थानहरु र दलितलाई मान्छे हुन नदिनको लागि प्रयोग हुनुपर्ने ?’

दलितलाई मान्छे हुन नदिनको लागि राज्यका संयन्त्र र संस्थानहरु नै लागिपरेको उहाँको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार