जेन-जीको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले दियो अनुमति
२२ भाद्र २०८२, आइतबार
काठमाडौँ । जेन-जी पुस्ताले सोमबार गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
भ्रष्टाचार विरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासनले अनुमति दिएको हो । भोली बिहान ९ बजे देखि माइतीघर मण्डलामा प्रदर्शन हुने कार्यक्रम रहेको छ।
यो प्रदर्शनमा १० हजार बढी युवापुुस्ता सहभागीहुने अनुमान गरिएको छ ।
उक्त आन्दोलनका लागि काठमाडौँ महानगरपालकाका प्रमुख बालेन शाह, दुर्गा प्रसाई, कुलमान घिसिङ लगायतले समर्थन जनाएका छन् ।