जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिमाका गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गर्नु भएको छ । चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताउनु भएको छ । भूकम्पीय पुननिर्माण तथा पुनस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उदघाटन गर्न जाजरकोट पुग्नु भएका मन्त्री लेखकले यस्तो कुरा बताउनु भएको हो ।
गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण पुनस्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताउनुभयो । उहाँले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताउनुभयो ।
डिडिएको काम समयमा सम्पन्न गरि पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताउनु भयो । भूकम्पले घर भत्किएपछि पुननिर्माण पुर्व गरिने डिडिएका लागी जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरि रहेको बताउनुभयो । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताउनुभयो ।
मन्त्री लेखकले जाजारकोट जिल्लामा अलपत्र परेको योजनाहरुका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने बताउनुभयो । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिवद्ध रहेको भनाई छ ।
पुननिर्माण, पुनस्थापनका लागी सरकार गम्भीर भएर लागेको बताउनुभयो । आवश्यक बजेट व्यवस्थापन गरि बिस्तृत क्षति आकलन (डिडिए) को प्रतिवेदन जतिसक्यो प्रतिवेदन छिटो आएपछि सरकारले बजेट व्यवस्थापन गरि पुननिर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता गर्नु भयो ।
पुननिर्माणको काम छिटोछरितो गरि भूकम्प प्रभाबित जनतालाइ सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ । भूकम्पपछि जति जनताले दुख पाउनु भयो अवका दिन पाउन नदिने गरि सरकार लागी परेको छ । भूकम्प जति बेला पनी आउन सक्ने भएकाले स्थानीय सरकारले विपद जोखिम न्यूनिकरण कोषलाई बलियो बनाउनु आग्रह गर्नु भयो ।
गतबर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाÐ १ रामिडाँडा केन्द्र विन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनी, बाँकी समय अस्थायी टहरामा जिवन निर्बाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरि जाजरकोट र रुकुमपश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो ।
सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्ट भूकम्प गएको लामो समयपछि पुननिर्माण तथा पुस्थापना अन्तर्गत विस्तृत क्षति आकलन (डिडिए) काम शुरु भएकोमा खुसी व्यक्त गर्दै आवासविहिन जनताका आवास बन्ने आसा पलाएको बताउनुभयो ।
करिव १६ महिनापछि पुननिर्माण तथा पुनस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय भेरी नगरपालिका- १ रिम्नामा उदघाटन गर्नु भएको छ । सरकारले जनताका आवास निर्माण गर्न लागेको डिडिएको कार्यले घर निर्माण हुन्छन भन्नेमा आसा जगाएको छ । नेपाली काग्रेस जाजरकोटका सभापति प्रदेश सभा सदस्य बेदराज सिहले भूकम्पअघि एउटै घरमा बसेका परिवार अस्थायी टहरामा बस्नु परेपछि बढी लाभग्राही देखिएको छ ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा प्राधिकरणका भिष्मकुमार भुसालका अनुसार बिस्तृत क्षति आकलन (डिडिए) भूकम्पले क्षति गरेका घरको डिडिए हुने बताउनु भयो । पुननिर्माण तथा पुनस्थापनाका लागी खटिएका प्राविधिकलाई तालिम दिई लाभग्राहीको घरमा पठाएको बताउनु भयो । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित गाउँवस्तीमा नागरिक खुसी भएका छन् ।