अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

दक्ष खबर 15658+ समाचार ( )
३१ आषाढ २०८१, सोमबार

काठमाडाैँ । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेकाे छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १–० गोलान्तरमा रोक्दै अर्जेन्टिनाले संघर्षपूर्ण जित निकालेको हो ।

निर्धारित समयमा हार जित हुन नसकेपछि थपिएको अतिरिक्त समयको ११२औं मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै उपाधि दिलाए ।

योसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको १६औं पटक उपाधि जित्ने कीर्तिमान बनाएको छ । निकै प्रतिस्पर्धापूर्ण खेलको ६६औं मिनेटमा अर्जेन्टिनाका लियोनल मेस्सीले घाइते हुँदै मैदान छाडेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार