कामपा ८ द्वारा पलेशा गोवर्धन र कविराज नेगी लामालाई जनही ५१ हजारसहित सम्मान (तस्विरसहित)

दक्ष खबर 15660+ समाचार ( )
२ अशोज २०८१, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धन तथा प्रमुख प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ  । आज कामपा वडा ८ मा आयोजित एक समारोहबीच वडाले खेलाडी तथा प्रशिक्षकलाई ५१/५१ हजार रूपैयाँ सहित सम्मान गरेको हो । 

कार्यक्रममा बोल्दै कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, " काठमाडौँ महानगरपालिकाकी चेलीले नेपाल र नेपालीको पहिचानलाई विश्वमाझ पुर्याउन सफल भएको बताउनुभयो ।" 

उहाँले पलेशाले, दशौँ वर्ष अगाडि देखिको लक्ष्यलाई प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले, खेलको माध्यमबाट पनि विश्वमाझ आफ्नो नाम पहिचान गराउन सकिने रहेछ भन्नेकुराको प्रमाणका रूपमा पलेशासफल भएको बताउनुभयो । 

त्यस्तै, प्रशिक्षक कविराराज नेगिले वडाले आफुलाई सम्मान गरेकोमा वडा परिवार प्रति धन्यवाद ब्यक्त गर्नुहुदैँ नेपाल पारा ओलम्पिकमा ६० को दशकबाट हुन थालेको र हाल पदक जित्न सफल भएको बताउनुभयो । 

६० को दशकबाट सहभागी भईरहदाँ ८० को दशकमा ऐतिहासिक पदक जित्न सफल भएको उहाँले बताउनुभयो । 

खेलाडी पलेशा गोबर्द्धनले, "आफ्नो वडाले भन्दा पहिला कामपा ८ ले सम्मान गरेको बताउनुभयो ।" उहाँले पदक जित्न पक्कै पनि गाह्रो रहेको बताउदैँ, उहाँले आगामी दिनमा सबैजनाको साथ सहयोग रहेमा नेपाललाई गोल्ड मेेडल जिताउन आफु सफल रहने उहाँले बताउनुभयो । 

त्यस्तै, स‍ोहि कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ तथा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नम्बर ४ ले पनि प्रमाणपत्र सहित सम्मान गरेको थियो । 

सम्मान पछि बोल्दै, काठमाडौँ क्षेत्र ४ का सभापति श्याम कृष्ण संगतले, पलेशालाई खेलकुद क्षेत्रहरूमा नयाँ नयाँ आयाम थप्दै अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले, आफ्नो खेलकुद करियर सँगसँगै पढाई शैक्षिक ज्ञानलाई पनि अगाडि बढाउँन आग्रह गर्नुभयो । 

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगत, वडासदस्यहरू सरस्वती राज भण्डारी, सलोनी ओडारी, शेखर देउला, राज लक्ष्मी भुसाल सहित काठमाडौँ क्षेत्र नम्बर ४ का सभापति एवं कार्यसमिति परिवार लगायत स्थानीयको सहभागीता रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार