काठमाडौँ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता अनुसार दशैँमा पिङ खेल्ने प्रचल छ । तथापी, दशैंको मुख्य दिन विजयादशमी पूर्वसन्ध्यामा गाउँ–शहर र टोलतिर लिंगे पिङ तयार भइसकेको छ ।
दशैँ–तिहारभर नै पिङको माहोल बनिरहन्छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा पिङमा झुम्मिनेहरुको भीड देख्न पाइन्छ ।