कामपामा ‘सहमति, सहकार्य र सहअस्तित्व’ को सिद्धान्तमा अगाडि बढेको छु : उपप्रमुख 

दक्ष खबर 15660+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको हरेक गतिविधिमा ‘सहमति, सहकार्य र सहअस्तित्व’ को सिद्धान्तमा आफू अगाडि बढेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै, महानगरपालिकाका हरेक गतिविधिमा आम सर्वसाधारणको चासो रहनु न्यायोचित रहेको बताउनुभएको हो ।

उहाँलेे, कानुनी व्यवस्थाअनुसार काठमाडौँ महानगरपालिकाले असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यता छ । तर, आजसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्रै होइन बजेट तर्जुमा तथा कार्यक्रम समिति र मेयरज्यूको नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्वपूर्ण समितिका बैठकसमेत बस्न सकेका नसकेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार