काठमाडौँ । विशाल देवकोटाको निर्देशनमा नाटक शत्रु मञ्चन भईरहेको छ । सिम्रिक आर्टले प्रस्तुत गरेको नाटक शत्रु गत आइतबारबाट मञ्चन शुरूवात भएको हो ।
गत साउन २१ गतेबाट मञ्चन शुरूवात भएको नाटक साउन ३० गतेसम्म मञ्चन हुनेछ । निर्देशक विशाल देवकोटाका अनुसार नाटक विद्यार्थी केन्द्रीत मञ्चन गर्न लागिएको हो ।
नाटक रातोपुल स्थित शैली थिएटर (ओजस थिएटरमा) मञ्चन गर्न लागिएको हो । विश्वेश्वरप्रसाद कोइरालाको लेखनमा रहेको नाटकको परिकल्पनाकारमा विशाल देवकोटा रहनुभएको छ भने, सहनिर्देशकमा उमेश दुलाल 'अर्जुन' रहनुभएको छ ।
नाटकमा कलाकारहरू बिरेन्द्र सिह कुसुवा, भुवन लोहार (भुपी), नविन काफ्ले, राजिव चौधरी, सुस्मिता भण्डारी, शलिना क्षेत्री र अजय बान्तवा राई रहनु भएको छ ।
विशाल देवकोटा निर्देशक रहेको नाटकमा मन्च परिकल्पना आदित्य मिश्रले गर्नुभएको हो भने प्रकाश परिकल्पना सुन्दर धितालको रहेको छ त्यस्तै, सोही नाटकमा ध्वनि परिचालनका रूपमन उन्नत जंग उप्रेती रहनु भएको छ भने प्रकाश सञ्चालन पङकचले गर्दै हुनुहुन्छ । त्यस्तै , नाटकको सुत्रधारका रूपमा डोरेश खतीवडा रहेन भएको छ भने नृत्य उमेश सुनामको रहेको छ ।