विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या नि उच्च छ : उपमेयर सुनिता डङ्गोल

दक्ष खबर 15668+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काठमाडौँ ।  काठमाडौँ  महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताउनु भएकाे छ ।

आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उहाँले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले,‘विदेशिने  युवाहरुको  जमात  बढ्दो  छ । सँगसँगै विदेशबाट  स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’

साथै उहाँले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताउनुभयाे । उहाँले युवाहरुको  लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताउनुभयाे।

उहाँले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताउनुभयाे ।

उहाँले ,‘धेरै जना युवाहरु उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको  पनि सपना भैइसकेको छ । त्यसैले कृयाकलापलाई हामीले रोक्न जरुरी छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार