सुट्केसमा फेला परेको महिलाको पहिचान खुल्यो 

दक्ष खबर 15665+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

रौतहट । रौतहटको गौर नगरपालिका–९ मुडवलव सडकमा सुट्केसमा फेला परेको शवको पहिचान खुलेको छ । 

माधवनारायण नगरपालिका–६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडिको शव रहेको प्रहरीले जानकारी दिएको छ । 

सुटकेस भित्र मृत फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रहेको पुष्टि भएको रौतहटका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले बताए ।

उनका अनुसार ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी रुबिकुमारी बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गरेका हुन् । 

आजभन्दा २० वर्षअघि देखि नै शिवसागर माधोपुर गाउँ छाडेर स–परिवार भारतमा नै बस्दै आएको स्थानीयले बताएका छन् । 

रुवीको एक छोरा छन् । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । यस विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय  रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार