ऊर्जामन्त्री खड्काद्वारा दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त

दक्ष खबर 15665+ समाचार ( )
९ श्रावण २०८१, बुधवार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा निधन भएका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

मन्त्री खड्काले आज त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विमान दुर्घटनामा परेर निधन भएका मृतकका परिवारलाई भेटेर समवेदना प्रकट गर्दै दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँले त्रिभुवन शिक्षण अस्पतालका चिकित्सकलाई भेटेर चाँडो शव परीक्षण तथा पहिचान गरी आफन्तलाई शव बुझाउन आग्रह गर्नुभएको थियो । उक्त दुर्घटनामा परेर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकी सहायक कम्युटर अपरेटर प्रिजा खतिवडाको समेत मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार