बौद्ध क्षेत्रमा हुने गाईजात्रा, रोपाइँजात्रा जस्ता ऐतिहासिक पर्वहरुलाई ब्यवस्थित गरिने

दक्ष खबर 15660+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौँ । बौद्ध क्षेत्रमा हुने नेवारी संस्कृतिसँग जोडिएका गाईजात्रा, रोपाइँजात्रा जस्ता ऐतिहासिक पर्वहरुलाई ब्यवस्थित रूपमा अगाडी बढाइने भएकाे छ । बौद्ध क्षेत्रमा तामाङ कल्याण गुठी र काठमाडौँ महानगरपालिका वडा ६ को सक्रियतामा सम्पन्न हुने साँस्कृतिक पर्वहरुकाे बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी  दिइएकाे हाे । 

काठमाडौँ महानगरपालिकाको संस्कृति संरक्षण कोषबाट आवश्यक बजेट जुट्ने गरेको गाईजात्रा तथा रोपाइँजात्रा (घोनाइ जात्रा) मुल समारोह समिति २०८२ का प्रवक्ता सम्पूर्णकुमार लामाले बताए ।

उनले, 'साउन २५ र २६ गते दुई दिन मनाइने यो पर्वका अवसरमा गुठीले १३ शीर्षकमा पुरस्कार समेत घोषणा गरेको  बताए ।' उनले, विभिन्न समूहमा प्रतिस्पर्धा गराई छनोट गरिने ती पुरस्कारहरुमा हल गोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, व्यङ्ग्य, हास्य, युवा लाखे, बाल लाखे, झाँकी, घोडा, विद्यालयहरु र घोनाई मौलिक नाच रहेकाे बताए । यो प्रतिस्पर्धामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीयलाई ५ र सान्त्वना २५ सय पुरस्कार राशिको व्यवस्था गरिएको लामाले बताए ।

मुल समारोह समितिका संयोजक वरिष्ठ समाजसेवी जयमंगल लामाले,'नेपाली साँस्कृतिक पर्वहरुलाई बचाउँनका लागि पनि तामाङ कल्याण गुठीको सक्रियता र स्थानीय संघ–संस्था र समाजसेवीहरुको सहयोगमा नेपाली संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमहरुलाई बचाउँदै जानुपर्ने बताए ।

श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा काठमाडौँ महानगरपालिका वडा ६ को विशेष सहयोगमा रोपाइँजात्रालाई भव्य, सभ्य, मर्यादित र व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई जात्रा) मूल समारोह समिति २०८२ गठन गरिएको छ ।

जात्राको सफलताको लागि कार्य विभाजन समेत गरिएको छ । लाखे, रोपार, बाउसे, हाँस्यव्यङ्गय, घोडा, जोगी, झाँकी आदि प्रस्तुतिहरू रोपाइँजात्रामा समावेश हुनेछन् । साथै विद्यालयस्तरीय प्रस्तुतिहरू समेत रोपाइँजात्रामा समावेश गरिने छन् र उत्कृष्ट प्रस्तुतिलाई पुरस्कृत गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार