बेलकोटगढी र नुवाकोटमा रासायनिक मलको कोटा वृद्धि गर्न कृषिमन्त्री समक्ष माग

दक्ष खबर 15656+ समाचार ( )
२२ मंसिर २०८१, सोमबार

काठमाडौँ । नुवाकोट जिल्ला र बेलकोटगढी नगरपालिकामा रासायनिक मलको कोटा वृद्धि गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसमक्ष माग गरेका छन् ।

मन्त्रालयमा नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसी, बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहाल,  बेलकोटगढि नगरपालसवडा २ का वडाअध्यक्ष रामचन्द्र तिमल्सिना सहितको नेपाली कांग्रेसका नेताहरूले  कृषिमन्त्री रामनाथ अधिकारीसमक्ष माग गरेका हुन् ।


उक्त टोलीले किसानहरूको समस्यालाई प्राथमिकतामा राख्दै, रासायनिक मलको अभावले कृषि उत्पादनमा गम्भीर असर पारेको भन्दै कोटा वृद्धि गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको हो ।

“हामीकहाँ मलको कोटा पुगेको छैन। वितरण गर्दा भूगोललाई हेरेर होइन, उत्पादनलाई आधार मान्नुपर्छ । उदाहरणका लागि रसुवाको नौकुण्ड गाउँपालिकाको कोटा र नुवाकोटको बेलकोटगढी नगरपालिकाको कोटा फरक हुनुपर्छ । यही कारणले नुवाकोटमा मल अभाव भएपछि कृषिमन्त्री समक्ष डेलिगेसन गरेकाे”, उपमेयर शिव दाहालले बताउनुभयो ।  

कृषिमन्त्री रामनाथ अधिकारीले,"रासायनिक मलको मागलाई सकारात्मक रूपमा लिँदै यसको समाधानका लागि पहल गर्ने बताउनुभयो ।" उहाँले, "बुधबार बस्ने कृषि मन्त्रालयको बैठकमा यो विषयमा छलफल गरी समस्या समाधानका लागि प्रतिबद्धता जनाउनुयो ।"

टोलीले मन्त्रीलाई भेट्दा मौखिक रूपमा समस्या अवगत गराएका छन् । किसानहरूले मल अभावकै कारण भोग्नु परिरहेको कठिनाइ र यसको प्रभाव उत्पादनमा असर पारेको जानकारी दिएपछि मन्त्री अधिकारीले यसप्रति कदम चाल्ने बताउनुभएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार