तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

दक्ष खबर 15656+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

काठमाडाैँ । तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ ।सरकारका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको हो । प्रदर्शनी भदौ २१ गते (आज) देखि २३ गतेसम्म हुनेछ । मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सिर्जल भट्टराइल प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहेको बताउनु भयो ।

उहाँले प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्रीहरुको स्टल रहेको बताउनु भयो । उहाँले प्रदर्शनीमा वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहेको पनि बताउनु भयो ।

आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्य प्रदर्शनीको छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार