कांग्रेस संसदीय दलको बैठक जारी
२ वैशाख २०८१, आइतबार
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार जारी रहेकाे छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार विहान ७:३० बजे र संसदीय दलको बैठक सोही दिन विहान ८: ०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक जारी रहेकाे हो ।
सरकारले संघीय संसदको हिउदे अधिवेसन अन्त्यको सिफारिस गरिसकेको छ भने, अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।