काठमाडौँ । लायन्स वर्ष शुभारम्भको अवसरमा सेन्ट लरेन्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ काठमाडौं युनाइटेड ग्रुप डिस्ट्रिम ३२५ ई को आयोजनामा सेन्ट लरेन्स कलेज, लसेन्स कोअपरेडको सहकार्यमा भक्तपुर रेडक्रस सोसाइटीको प्राविधिक सहयोग लायन्स वर्षको शुभारम्भमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सेन्ट लरेन्स कलेजका पिन्सिपल तथा लायन्स क्लव अफ काठमाडौं युनाइटेड ग्रुप डिस्ट्रिम ३२५ ईका अध्यक्ष पुरूषोत्तम महर्जनले स्वस्थ्य जीवनशैली यापन गर्नका लागि रक्तदान आवश्यक रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य जीवन यापन गर्नका लागि र उपचारार्थ पनि मानिसहरूलाई रगत आवश्यकता पर्ने भएकाले इच्छुक व्यक्तिहरूले रक्तदान कार्यक्रममा सहभागीता जनाउनुभएको बताउनुभयो । कार्यक्रममा करिव ३१ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।