काठमाडाैँ । नेकपा एमालेमा पुन फर्किएकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले जेन-जी आन्दोलनको भर्सेसमा नेकपा एमाले उभिएको बताएकीछन् । सोमबार राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै झाँक्रीले जेन-जीको नाममा भइरहेको क्रियाकलाप नितान्त सरकारविरुद्धको एउटा प्रहार भएको पनि उनको भनाई छ ।
उनले भनिन्, ‘जेनजीको नाममा जे भइरहेको थियो । त्यो नितान्त सरकारविरुद्धको एउटा प्रहार थियो । सरकारविरुद्ध थिएन भने सरकारसमक्ष माग कस्ले प्रस्तुत गरेको थियो ? जेनजी आन्दोलन युवा पुस्ताको एउटा आक्रोस थियो । त्यो सामान्य थियो । त्यसमा रोटी सेक्नको लागि सरकारका विरुद्ध जुनजुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमाले त्यसको नेतृत्व एउटा उभिएको छ ।’
कार्यक्रममा उनले ओलीलाई राष्ट्रवादी व्यक्तित्व कमरेड भन्दै सम्बोधन गरेकी थिइन् ।