टेक विसी र विमला लामाको आवाजमा ‘छमिया’ बोलको गीत सार्वजनिक (भिडियाेसहित)

दक्ष खबर 15665+ समाचार ( )
२७ आषाढ २०८२, शुक्रबार

काठमाडौँ । गायक टेक विसी र गायिका विमला लामाको आवाजमा ‘छमिया’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शब्द तथा सङ्गीत अनिता विश्वकर्माको रहेको छ भने, यसको भिडियोकाे निर्देशन राहुल बराइलीले गरेका हुन्।

गीतमा मोडलको रूपमा सन्जोग राना, सुस्मिता तामाङ, सुस्मा मगरको साथमा गायक बिसी रहेका छन देखिएका छन्। गायिका लामाको कुरा गर्ने हो भने करिब एक बर्षअघि ‘सिङ्गिङ स्टार नेपाल’ रियालिटी सो बाट उदाएकी हुन्।

गीतमा समावेश गरिएको ‘अनमोल नि मै हो, पल शाह नि मै हो, प्रदीप नि मै हो, समीर नि मै हो, त्यस्तै गरी पूजा नि मै हुँ, आँचल नि मै हुँ, वर्षा नि मै हुँ’ जस्ता लाइनहरू दर्शकले मन पराइरहेका छन्। यो गीतलाई युट्युब स्मिता स्नेहा इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार