सांसद अमर थापाले च्याते संसदभित्रै बजेट किताब

दक्ष खबर 15657+ समाचार ( )
५ आषाढ २०८२, बिहीबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै उनले बजेट पुस्तिका सदनमै च्यातेका हुन् ।

उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्‌ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब हेरेँ, जनताबाट उठेको राजस्वले जनताप्रति उत्तरदायित्व लिएको छैन । एकाधिकार कायम गरेकाले अनुमति लिएर सदनभित्र यो किताब च्यातेको छु ।’

भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखलाई सम्बोधन गर्न नसकेको उनको गुनासो छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार