चन्द्रागिरि नगरपालिकामहानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै

दक्ष खबर 15660+ समाचार ( )
१० पौष २०८१, बिहीबार

काठमाडाैँ । महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ ।

बिहीबार काठमाडौँमा आयाेजित एक कार्यक्रमका बिच थानकोट—धुलिखेल सेवा शुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको प्रा.लि.ले जनाएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रा.लि.लाई हस्तान्तरण गरेको हो । नयाँ बसहरु सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा बिस्तार गरेको महान्ग्र यातायात प्रा.लि.का उपाध्यक्ष सन्तोष खतिवडाले बताउनुभयो ।

आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न शुरु गरेको बतउनुभयो । साथै महानगर यातायात प्रा.लि.ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराउनुभयो । 

उहाँले महानगरपालिकाले छिटै नै १० वटा विद्युतीय बसहरु समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिनुभयो । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने तयारी रहेको बताउनु भयो । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार