काठमाडौँ । गुणस्तरीय शिक्षामा कटिबद्ध चाबहिलमा अवस्थित सेन्ट लरेन्स कलेजले २७औँ ब्याचका कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समाराेहका बिच कलेजले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको हो ।
विगत २६ वर्षदेखि प्लस टु तहमा निरन्तर अब्बल हुदैँ आएको कलेजले कार्यक्रम मार्फत २७औँ ब्याचका विद्यार्थीहरुलाई स्वागत गरेको हाे । कार्यक्रममा मन्तव्य राख्दै कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले, 'गुणस्तरीय शिक्षाका लागि सेन्ट लरेन्स कलेज छनाेट गरेर विद्यार्थीले सही निणर्य गरेकोमा आभार व्यक्त गर्नुभयाे ।'
त्यस्तै, स्वागत मन्तव्य राख्दै कक्षा १२ मा अध्ययनरत सृष्टि घिमिरेले,'सेन्ट लरेन्स हरेक हिसाबले उत्कृष्ट शैक्षिक संस्था भएकाले सबैको भविष्य उज्ज्वल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयाे।'
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले, 'सेन्ट लरेन्सले १३ जना विद्यार्थीबाट सुरु गरेकाे यात्रा आज करिब ४००० विद्यार्थीको परिवार भएको बताउनुभयाे ।' उहाँले, विगत २६ वर्षदेखि निरन्तर उत्कृष्टताको पर्याय बन्न सफल भएको बताउदैँ विद्यार्थीहरूका सपना पुरा गर्न र भविष्य निर्माणका लागि कलेज प्रशासन सधैँ तत्पर रहेको बताए।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि विमल कुमार होडाले, 'सेन्ट लरेन्स कलेजले २६औँ वर्ष पार गर्दैगर्दा कलेजले इतिहास रचेकाे बताउनुभयाे ।' उहाँले सेन्ट लरेन्सका विद्यार्थीले देशको कीर्ति अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास आफूले गरेको बताउनुभयाे ।
त्यस्तै, सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले, 'सेन्ट लरेन्स कलेज गुणस्तरमा सम्झौता नगरी आफ्नो उद्देश्य पूरा गर्नका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयाे ।' उहाँले, सेन्ट लरेन्स फाउन्डेसन मार्फत यो २७ वर्षमा आएको उतारचढावलाई पार गर्दै आज ४००० विद्यार्थी हुनु र ३०० भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सफल हुनु गौरवको कुरा भएको बताउनुभयाे । उहाँले वर्षौँदेखि उत्कृष्ट नतिजाको निरन्तरता रहेको हुँदा यस्तो गौरवशाली गरिमा बोकेको शैक्षिक संस्थामा प्रवेश गर्ने सबै विद्यार्थीको भविष्य सोचे अनुरूप हुने बताउनुभयाे ।
सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व सम्पन्न कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा ७ का वडा अध्यक्ष विमल कुमार होडा प्रमुख आतिथीमा रुपमा रहनुभएकाे थियाे ।कार्यक्रममा कलाकार मनोज गजुरेल, क्याम्पस प्रमुख पुरुषाेत्तम महर्जन, कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीसहित विभिन्न तह र तप्काका व्यक्तीहरुका साथै सेन्ट लरेन्सका शिक्षक, विद्यार्थीहरुकाे उपस्थिति रहेको थियो ।
सेन्ट लरेन्सबाट आफ्नो शिक्षा पूरा गरेर हाल आ-आफ्नो क्षेत्रमा नेतृत्व गरिरहेका विद्यार्थीहरूलाई कार्यक्रममा सम्मान गरिएकाे थियाे । कार्यक्रममा हाल कलेजमा अध्ययनरत रहेका र विभिन्न क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो । त्यस्तै वर्षका उत्कृष्ट शिक्षक तथा कर्मचारी पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । कार्यक्रम कलाकार मनोज गजुरेले प्रस्तुति दिनुभएकाे थियाे । साथै, सेन्ट लरेन्सका विद्यार्थीहरुले प्रतिभा देखाएका थिए ।