काठमाडौँ । विगत २६ वर्षदेखि गुणस्तरीय शिक्षामा प्रतिवद्ध नोवल एकेडेमीले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा सोमबार आयोजित एक कार्यक्रमका बिच नोवल एकेडेमीले कक्षा ११ का भर्ना भएका २६औँ व्याजका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्मान एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको अध्यक्षता नोवल एकेडेमीका अध्यक्ष नवराज पाण्डेले गर्नुभएको थियो भने, कार्यक्रमको विशेष अतिथिका रूपमा पूर्व गभर्नर तथा सम्माननिय राष्ट्रपतिका अर्थ सल्लाहकार डा. चिरञ्जीवी नेपाल रहनुभएको थियो ।
कार्यक्रममा कलेजका प्रेन्सिपल रविन दाहाल सहित बोड अफ डिरेक्टरहरू सन्तोषमनि न्यौपाने, शंकर श्रेष्ठ, उतम भाईकाजी तथा प्रशासक प्रमुख राज कुमार आचार्यलगायत विषयगत कोअडिनेटर, शिक्षक शिक्षिका नव आगन्तुक विद्यार्थी सहित विभिन्न तह र तप्काका व्यक्तिहरूको सहभागी रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै, राज कुमार आचार्यले नोवल एकेडेमीको आजसम्मको यो लामो ऐतिहासिक यात्रा नै विद्यार्थीहरूका लागि गर्भ गर्न योग्य कुरा भएको बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख रविन दाहालले दुई वर्ष आफुहरू सँगै हुने र त्यतिन्जेल सम्म आजको अवस्थाबाट परिवर्तन भएर उत्कृष्ट विद्यार्थी हुन प्रेरित गर्नुभयो । उहाँले आफ्नो भन्दा नि अभिभावकको खुसिलाई ध्यान राखेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूलाई सपथ ग्रहण गराउँदै क्याम्पस प्रमुख दाहालले आफ्नो कर्तव्य विमुख नहुन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रमका सभापति एवं कलेजका अध्यक्ष नवराज पाण्डेले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै स्थापनाकाल देखि नै विद्यार्थीहरूको भविष्य निर्माणार्थ नोवेल एकेडेमी कटिबद्ध रहेको बताउनुभयो । उहाँले, हरेक विद्यार्थीले आफ्नो नाम सँगसँगै कलेजको नाम पनि उच्च स्थानमा पुर्याउने विश्वास आफुले लिएको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूलाई कलेजका बारेमा जानकारी सहित विद्यार्थीहरूले पालना गर्नुपर्ने निति नियम र कलेजका बारेमा जानकारी गराइएको थियो । सांस्कृतिक एवं सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको अभिमुखिकरणमा कलाकार राजा राजेन्द्रको प्रस्तुति समेत रहेको थियो ।
नयाँ बानेश्वर क्षेत्रमा २०५४ सालमा स्थापना भई नोवल एकेडेमीले विद्यार्थीहरूमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आईरहेको छ । कलेजले बिहानी सत्र र दिवा सत्रका विद्यार्थीहरूको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको हो ।