काठमाडाैँ। विनाशकारी भूकम्पको बढ्दो जोखिम एवम् दैविक विपदाबाट नेपाललाई बचाउन देशव्यापी ११ हजार दिव्य अनुष्ठान हुने भएको छ ।
पटक पटकको भुकम्पले पुर्याएको क्षति र निकट भविष्यमा हुनसक्ने भौतिक तथा मानविय क्षतिबाट देशलाई बचाउन भगवती मानव कल्याण संगठनले ११ हजार दिव्य आरती अनुष्ठानको घोषणा गरेको हो । काठमाडौंको सुविधानगर स्थित भगवती मानव कल्याण संगठन, नेपालको राष्ट्रिय कार्यालय उद्घाटन समारोहमा आगामी मंसिर २३ बाट अनुष्ठान शुरु गर्ने घोषणा गरिएको हो ।
संगठनका केन्द्रिय महासचिव एवम् ‘सिद्धाश्रम-रत्न’ श्रद्धेय श्री अजय अवस्थिज्यूले साधकहरुलाई देशभर ११ हजार दिव्य अनुष्ठानको संकल्प गराउनुभएको हो । यसै क्रममा संगठनले भूकम्प पीडितको कल्याणार्थ, मृतक आत्माको चिंशान्ति, विनाशकारी भूकम्प जस्ता दैविक प्रकोपबाट बच्न र जनकल्याणको लागि आ-आफ्नो घरमा अनुष्ठान गर्न चाहनेले संगठनको माध्यमबाट निशुल्क सेवा लिन सक्ने व्यवस्था गरेको छ ।
यस्तै संगठनले ९८६५५२३३४३ नम्बरमा मिस्ड्कल गरेर आ-आफ्नो घरदैलोमा निशुल्क अनुष्ठानको लागि आह्वान गर्न सकिने जनाएको छ । कुनै पनि नाममा दान, दक्षिणा तथा चन्दा नलिइ जनकल्याणकारी भावनाले घरदैलो अभियान चलाएर संगठनले समाजमा दिव्य उर्जातरंग प्रवाहका लागि जनचेतनामूलक कार्यक्रम १ घण्टे आरती, ५ घण्टे तथा २४ घण्टे अखण्ड श्री दुर्गा चालिसाको पाठ निःशुल्क रुपमा घर-घरमा गर्दै आएको संगठनकी राष्ट्रिय सचिव डा.मिनु सिग्देलले बताउनुभयो ।
डा. सिग्देलका अनुसार साधनात्मक क्रमबाट पछिल्लो १५ बर्षमा नेपालमा हजारौँ व्यक्तिहरु पुण रुपमा नशामुक्त भइसककेका छन् भने हजारौँको जीवनमा क्रमिक सुधार भइरहेको छ । यस्तै नशामा डुबेका सयौँ व्यक्तिहरु नशामुक्त भएर समाज सुधारमा संलग्न भएको संगठनले जनाएको छ।
पुर्ण कुण्डीलिनी शक्ति जागृत ब्रह्मऋषि शक्तिपुत्रजी महाराजको सानिध्यमा रहेर आध्यात्मिक शक्ति प्राप्त गरेका शिष्यहरु आफु नशामुक्त, मांसाहार मुक्त र चरित्रवान जिवनको संकल्पका साथ निरन्तर साधना गर्दै साधनाबाट प्राप्त उर्जा समाज कल्याणमा लगाउँदै आएका छन् ।
योगीराज श्री शक्तिपुत्रजी महाराजे स्वयंलाई दुर्लभ तपस्या तथा साधनाबाट सतत् सक्रिय गराएर समाजका लाखौँ व्यक्तिलाइ नशामुक्त, मांशाहार मुक्त एवम् चरित्रवान जीवन जिउने प्रेरणा प्रदान गरेर भय, भोक र भ्रष्टाचारमुक्त समाज निर्माणको चिन्तन प्रदान गर्नुभएको छ । यहि लक्ष्य अन्तर्गत भगवती मानव कल्याण संगठनका गुरुदीक्षा प्राप्त शिष्यद्वारा समाजमा साधना, अनुष्ठान एवम् जनजागरण कार्यक्रमको माध्यमबाट अतिप्रभावी ढंगले कार्य भईरहेको छ।