जाजरकोट भूकम्प र असोजको बाढीबाट भएको क्षतिको पुनःनिर्माणबारे जानकारी दिनुस : महामन्त्री

दक्ष खबर 15665+ समाचार ( )
२४ पौष २०८१, बिहीबार


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले सरकारसँग विपद्जन्य घटनाहरुबाट भएको भौतिक संरचनाहरको क्षतिको पुनःनिर्माणका लागि श्रोत सुनिश्चितताबारे जवाफ माग गर्नुभएको हो । उहाँले यसबारेमा सरकारले सोचेको छ की छैन भन्दै प्रश्न गर्नुभयो ।

उहाँले जाजरकोटको भूकम्पबाट करिव ९२ हजार भन्दा बढी घरहरुको पुनःनिर्माण गर्नुपर्ने आँकलन गरिएको तर  कतिपय नागरिकले दोस्रो किस्ता समेत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले मंसिर अन्तिमसम्म असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवसको निम्ति अनुदान दिने भनिएपनि अभैm कतिपयले पहिलो किस्ता समेत नपाएको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘जाजरकोटको भूकम्पबाट करिव ९२ हजार भन्दा बढी घरहरुको पुनःनिर्माण गर्नुपर्ने आँकलन गरिएको थियो । पुनःनिर्माण धेरै परको कुरा दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन् । उदेकलाग्दो कुरा त, भर्खरमात्रै डिडिए भएको छ । असोजको बाढीमा भत्किएका घरहरुको अस्थायी आवसको निम्ति अनुदान दिने मंसिर मसान्तसम्म भनियो । अझै कतिले सामान्य पहिलो किस्ताको अनुदान राम्रोसँग नपाएको अवस्था छ । ४१ वटा सडक खण्डको पुनःनिर्माण गर्नको लागि मात्रै २५ अर्ब चाहिन्छ । करिव १ खर्ब रुपैयाँ चाहिन्छ । सरकारले बजेटमा छुट्याएको जम्मा २१ अर्ब छ । यो पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ ? यो वर्षामा कसरी बाटोहरु बन्छ । जाजकरोट भूकम्प, असोजको बाढी, यसका बारेमा गरिएका कामहरुको श्रोत कसरी जुटाउने सोचिएको छ की छैन, सदनलाई जानकारी गराइयोस्, हामी सुन्न पनि चाहन्छौँ । त्यो छलफलमा भाग लिन पनि चाहन्छौँ । ’

महामन्त्री थापाले जाजकरोट भूकम्प, असोजको बाढीका बारेमा गरिएका कामहरुको श्रोत कसरी जुटाउने ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार