काठमाडौँ । "जिगु थो मन" सांगीतिक प्रस्तुति सार्वजनिक भएको छ । उक्त सांगीतिक प्रस्तुति ङत तुलाधर गुँला बाजा र जयवागेश्वरी धा बाजा खल: द्वारा संयुक्तरूपमा तयार पारिएको हो । उक्त सांगीतिक धुनको सुगम महर्जन र चन्द्रमान श्रेष्ठले संयुक्त गर्नुभएको हो भने, संगीत निर्देशन रुपेश शाक्यले गर्नुभएको हो ।
सांगीतिक मौलिकताको संरक्षण र सृजनात्मक प्रयोग गर्ने हेतुले गुँला महिनामा बजाइने परम्परागत बाजाहरू धाँ, नायोखि, भुच्या, छुस्या, तालाई आधुनिक संगीतको संयोजनमा प्रस्तुत गरिएको हो । उक्त प्रस्तुति सांस्कृतिक जगेर्ना र नयाँ पुस्ताहरूसँगको सम्बन्ध मजबुत बनाउन तयार गरिएको बताइएको छ ।
सांगीतिक प्रस्तुतिमा धा बाजाको प्रस्तुति साबिर मुनी तुलाधर, श्रेयक तुलाधर, सुरम्य रत्न तुलाधर, सविर मुनी तुलाधर, रितिशा तुलाधर, हृद्वी तुलाधर, अविन तुलाधर, र श्रीजल तुलाधर ले गर्नुभएको छ भने, नायखिमा साबिर मुनी तुलाधर, भुस्या शिशिल शाक्य, छुस्यामा चन्द्रमान श्रेष्ठ, ता मा रेमण्ड संगत रहनुभएको छ । भायोलिनमा रोश्ना शाक्य, बासुरीमा रुपेश शाक्य, रहनुभएको छ ।
त्यस्तै, भिडियो छायांकन तथा संयोजन अभिषेक श्रेष्ठले गर्नुभएको हो भने, डिओपी सौरव डंगोलको रहेका छ । उक्त सांगीतिक प्रस्तुतिको थम्बनेल डिजाइन आईकोनिक डिजिटल क्रियसन्सले तयार पारेको हो । श्री गुरु नित्यनाथ बाजा खल:को प्राविधिक सहयोग रहेको सांगीतिक प्रस्तुतिको छायांकन ध्वन्दो चैत्यमा गरिएको हो । उक्त प्रस्तुति रूपेश शाक्य युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ